वैशाख ३१ २०८३, बिहिबार

PMEP Chulachuli
Chulachuli

Text here.

Purple Pink Gradient Modern Metaverse Presentation

0

Total Enemployement

0

Male

0

Female

Projects Progress

Nirman Karya

कार्यक्रम परिचय

नेपालको संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३३ मा रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्न नेपाल सरकारले रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी गरेको छ। ऐनको दफा ८ को उपदफा (१) मा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले आवश्यक रोजगार कार्यक्रम सञ्चालन गर्न सक्ने प्रावधान रहेको र उपदफा (३) ले कार्यक्रम सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने व्यवस्था गरेको छ ।

रोजगारीको हकलाई कार्यान्वयनका अतिरिक्त मुलुकभित्र पर्याप्‍त रोजगारीको अवसर सिर्जना गरी उपलव्ध जनशक्तिको महत्तम उपयोग गर्दै आर्थिक विकासमा योगदान पुर्‍याउने गरी सङ्‍घ, प्रदेश र स्थानीय तहको साझा कार्यक्रमको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई तर्जुमा गरिएको हो ।रोजगारीको हकलाई कार्यान्वयन गर्ने तथा आन्तरिक रोजगारी प्रवर्द्धनका विविध पक्षहरुलाई समेत समावेश गरी नेपाल सरकार मन्त्रिपरिषद्‍ले मिति २०७५/१०/२५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरेको थियो। सम्माननीय प्रधानमन्त्रीज्यूबाट मिति २०७५/११/०१ मा विधिवत शुभारम्भ भएको यो कार्यक्रमले देहायका उद्देश्यहरु प्राप्त गर्ने लक्ष्य लिएको छ: -

(क) बेरोजगार व्यक्तिलाई न्यूनतमरोजगारीको प्रत्याभूति गर्न आवश्यक रोजगार सेवा र सहायता प्रदान गर्ने ।

(ख) दक्ष तथा सक्षम जनशक्ति विकास गरीआन्तरिक रोजगारीको प्रवर्द्धन र विस्तार गर्ने ।

(ग) सरकारी, निजी, सहकारीतथा गैरसरकारी क्षेत्रहरु बीचको समन्वय र सहकार्यमा थप रोजगारीका अवसर सिर्जनागर्ने ।

(घ) आन्तरिक रोजगारी सिर्जनाका लागिआवश्यक नीतिगत र संरचनात्मक व्यवस्था गर्ने ।

(ङ) सार्वजनिक पूर्वाधारहरुको निर्माण, स्तरोन्तती र विस्तारमा योगदान गर्ने ।

(च) आन्तरिक रोजगार सिर्जना सम्बन्धीअध्ययन अनुसन्धान गरी रोजगारीका नयाँ क्षेत्रहरुको पहिचान गर्ने ।

युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना

नेपालको रोजगार सेवा तथा श्रम बजारको नतिजामा सुधार गर्न विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (Youth Employment Transformation Initiative Project) सञ्चालनमा रहेको छ । यस आयोजनाले प्रधानमन्त्री रोजगार कार्यक्रम संग आवद्ध भई रोजगारीको अवसरहरु सिर्जना गर्ने र उपलव्ध रोजगारीका अवसरहरुमा लक्षित वर्गको पहुँच अभिवृद्धि गर्दै श्रमिकको आयमा बृद्धि तथा लक्षित वर्गको जीवनयापनमा सुधार गर्ने लक्ष्य लिएको छ।

आयोजनाको उद्देश्य

(क) रोजगारीको सेवा, सुविधा र प्रणालीमा विकास तथा विस्तार गरी लक्षित वर्गको रोजगारीमा पहुँच अभिवृद्घि गर्ने,

(ख) रोजगारीका अवसरहरुको सिर्जना गर्ने,

(ग) रोजगारसेवाको प्रवर्द्धन मार्फत बेरोजगारीको दर न्यूनीकरण गर्ने।

आयोजनाका कम्पोनेन्टहरु

(क) कम्पोनेन्ट १: रोजगार प्रवर्द्धन प्रणाली र सेवाको सुदृढीकरण

(१) रोजगारीको अवसरमा पहुँच वृद्धि गर्ने,

(२) राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने।

(ख) कम्पोनेन्ट २:  जोखिमपूर्ण अवस्थामा रहेका समूहका लागि श्रम बजारको उपलब्धिमा सुधार:

(१) सामुदायिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नति र सार्वजनिक सेवा प्रवाहमा अल्पकालीन रोजगारी सिर्जना गर्ने,

(२) लाभग्राहीको रोजगार-योग्य क्षमतामा सुधार गर्ने।

(ग) कम्पोनेन्ट ३: आयोजना व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन र क्षमता अभिवृद्धि:

आयोजना कार्यान्वयनका लागि व्यवस्थापकीय, अनुगमन तथा मूल्याङ्कन र संस्थागत क्षमता अभिवृद्धि गर्ने।

(घ) कम्पोनेन्ट ४: विशेष अवस्था:

महामारीजन्य तथा अन्य आपतकालीन अवस्थामा आवश्यक रोजगारमूलक क्रियाकलाप गर्ने।